नियम २३
विकास आयुक्तको काम, कर्तव्य र अधिकार
– विकास आयुक्तको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) प्राधिकरणको कार्यकारी प्रमुखको रुपमा कार्य गर्ने,
(ख) प्राधिकरणको दीर्घकालीन तथा अल्पकालीन योजना, वार्षिक कार्यक्रम तथा वजेट तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,
(ग) प्राधिकरणबाट स्वीकृत योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने, गराउने,
(घ) प्राधिकरणबाट भएका काम कारबाहीको अनुगमन गर्ने, गराउने,
(ङ) प्राधिकरणको तर्फबाट विभिन्न निकाय तथा संस्थास“ग समन्वय कायम गर्ने,
(च) मातहतका कार्यालयको काम, कारबाहीको रेखदेख तथा नियन्त्रण गर्ने,
(छ) समिति तथा सञ्चालक समितिले तोकेका अन्य कार्य गर्ने वा गराउने ।